
काठमाडौं, २९ साउन । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदको आकस्मिक समयमा आफूहरूले कसैलाई बोल्न नरोकेको बताएका छन् ।
आज सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहे पनि सदनको आकस्मिक समयमा आफूहरूले कसैलाई बोल्न नरोकेको बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तीन ठूला दलले संसद अपहरण गरेको र आफूहरूलाई बोल्न समय नदिएको आरोप लगाइरहेका बेला एमालेका सचेतक गिरीले आफूहरूले बोल्नमा कसैलाई पनि अवरोध नगरेको बताएका हुन् । बरु आफूहरूले बोल्ने बेलामा सत्तापक्षका सांसदहरूले हो–हल्ला गरेर संसदलाई असोभनीय बनाइरहेको उनको भनाइ छ ।
उनले उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेको विरोधलाई अझै सशक्त बनाएर लैजाने बताए । सरकारका निकायहरूले गर्ने छानबिनले निष्कर्षमा पुर्याउन नसक्ने पनि उनले स्पष्ट पारेका छन् ।
मन्त्रीहरु र राजनीतिक नेतृत्वको संलग्नताबेगर भन्सारबाट सुन भित्रनै नसक्ने जिकिर उनको छ ।















प्रतिक्रिया