३ कार्तिक २०८३, मंगलबार

महँगा गाडी भन्सारमा थन्किए, अब को चढ्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadi Nepalकाठमाडौं, १८ जेठ । नेपालका लागि आयात गरिएका हजारभन्दा बढी सवारी साधन सिमावर्ती भारतीय नाका रक्सोलमा थन्किएका छन् ।

भूकम्पले गर्दा बिलासी बस्तु मानिने कार जिप र अरु सवारी साधनको कारोबार ठप्प भएपछि त्यसको आयात पनि रोकिएको छ।

‘बैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पनको असरले गाडीको आयात पनि प्रभावित भएको छ । भूकम्प नआएको भए आयात बढ्ने थियो’, वीरगन्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीले भने, ुबैशाख १२ पछि गाडीको आयात ठप्पै भयो ।’

उनका अनुसार चालु आर्थिक वर्षमा भूकम्पभन्दा पहिला गाडी आयात अघिल्लो वर्षको तुलनामा बढी रहेको नागरिक दैनिकले छापेको छ ।

भूकम्प पहिलेको आयातले गर्दा साउनदेखि बैशाखसम्म १० महिनाको अवधिमा पोहोरको तुलनामा करिब ५ प्रतिशत बढी नै देखिन्छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार साउनदेखि बैशाखसम्म १० महिनामा दश हजार ७ सय ५ ओटा जीप, कार र भ्यान भित्रिएका छन् ।

यसै अवधिमा अघिल्लो वर्ष ९ हजार ७ सय ६८ यस्ता सवारी भित्रिएको थियो ।

त्यस्तै ९७ हजार ५ सय ४२ वटा मोटरसाइकल यस बर्षको १० महिनामा भित्रिएको छ ।