३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशत छुट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरूलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । यो योजनामा एक पटकको खरिदको रू. २०० सम्म र योजना अवधिभर रू. ५०० सम्म छुट पाइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरूमा लागू हुने पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकहरूलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बताएको छ ।