३० आश्विन २०८३, शुक्रबार

गृहमन्त्रीले राजीनामा नदिए संसदभित्रै आमरण अनशन बस्ने सांसद शर्माको चेतावनी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्माले गृहमन्त्रीको राजीनामा माग गर्दै संसदभित्रै अनशन बस्ने चेतावनी दिएका छन् ।

सरकारले आफूलाई आतंककारीलाई जस्तो गरी पक्राउ पुर्जी जारी नगरी पक्राउ गरेको भन्दै उनले गृहमन्त्रीको राजीनामा माग गरेका हुन् ।

आज सोमबार प्रतिनिधि सभा बैठकमा उनले आफूलाई सीबीआईले बारम्बार झगडा गरेपछि मात्र पत्र दिएको बताउनुभयो । आफूलाई पक्राउ गरेर लैजाँदा बाटोमा हातपात गरिएको समेत शर्माले संसदमा जानकारी गराएका छन् ।

आफू लोकतन्त्रको लागि लडेर आएको र जनताबाट निर्वाचित सांसद् भएको प्रष्ट पार्दै सांसद शर्माले भने, ‘मुलुकका सुन तस्करका नाइकेहरूको जब मैले राजीनामा मागेँ, त्यसपछि मलाई पक्राउ गरियो ।’

सांसद शर्माले एक क्विन्टल सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीसहित मातहतका निकायहरूको सेटिङ र संलग्नता रहेको दाबी गर्दै राजीनामा दिनपर्ने माग गर्दै आएका छन् ।