३ कार्तिक २०८३, मंगलबार

त्रिपाल खरिदमा घोटाला गरेर मन्त्री र उच्च अधिकारीले रकम बाँडे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tripal nepalकाठमाडौं, १८ जेठ । विपत्‌का बेला छोटो प्रक्रियाबाट आपूर्ति गर्ने अधिकार पाएको सहरी विकास मन्त्रालयले खरिद गरेको त्रिपालमा व्यापक घोटाला भएको पाइएको छ।

मन्त्रालयले नियुक्त गरेको आपूर्तिकर्ताले मन्त्रालयका उच्च कर्मचारीको मिलोमतोमा कम परिमाणमा सरकारलाई त्रिपाल आपूर्ति गरेको पत्ता लागेको छ।

आइतबारअघि काठमाडौं आएका ट्रकको कुनै जाँच नगरी सीधै आपूर्ति गर्ने व्यवस्था सहरी विकास मन्त्रालयले मिलाएपछि उसको पनि मिलोमतो पुष्टि भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

मन्त्रालयसँग सम्झौता गरेका मध्ये वीरगन्जको भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडुले भारतबाट भित्र्याएको ट्रकमा एक हजार एक सय ५४ वटा त्रिपाल कम भेटिएको हो।

मन्त्रालयले सार्वजनिक खरिद ऐन २०६३ अनुसार छोटो बाटोको टेन्डरमार्फत त्रिपाल खरिद र आपूर्ति गर्न विभिन्न व्यापारीसँग सम्झौता गरेको थियो।

भारतको भी के पावर त्रिपाल कम्पनीद्वारा उत्पादित कालो, पहेंलो र रातो रङको पालमा अनियमितता भेटिएको हो।

भी मल्टी कन्सर्न प्राइभेट लिमिटेडले एक बन्डलमा १२ बाई १५ को १२ थान त्रिपाल भएको भनी मन्त्रालयलाई जानकारी गराएर १० थान मात्रै पोकामा हालेर आइतबार रामशाहपथस्थित नेसनल ट्रेडिङ लिमिटेडको केन्द्रीय राहत वितरण केन्द्रमा भित्र्याएको थियो।