३० आश्विन २०८३, शुक्रबार

सुन तस्करी प्रकरणमा अहिलेकै अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने कांग्रेसको निष्कर्ष

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसले सुन तस्करी प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

प्रमुख प्रतिपक्षी एमालले उच्चस्तरीय छानविन आयोग गठनको माग गरिरहेको अवस्थामा कांग्रेस संसदीय दलको बैठकले भने सुन तस्करी प्रकारणमा राज्यको निकायले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार सम्पन्न कांग्रेस दलको बैठकपछि मुख्य सचेतक रमेश लेखकले सुन तस्करी प्रकरणमा राज्यले स्थायी रुपमा गठन गरेका निकायले छानविन गरेको भन्दै सरकारले गम्भीर रुपमा लिएर निष्कर्षमा पुराउनुपर्ने बताए ।

उनले यस प्रकरणमा जोसुकै सामेल भए पनि अभियोजन गर्नका लागि सरकारलाई बैठकले आग्रह गरिएको जानकारी दिए । बैठकले आफ्ना कुरा राख्न प्रतिपक्षीले आलोचनात्मक ढंगले प्रस्तुत हुन स्वाभाविक भए पनि लामो समय सदन अवरुद्ध गर्ने कार्य गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ ।