३ कार्तिक २०८३, मंगलबार

छोरीभन्दा सानी उमेरीकी बालिकासँग हुलसप्रसादको विहे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biheसप्तरी, १८ जेठ । सप्तरीकी १४ वर्षीया कञ्चनको विहे उनीभन्दा तेब्बर उमेरका हुलासप्रसाद साहसँग भयो।

कारण दुलहा पक्षले दाइजो नलिने र विवाहको दुवैतर्फको सम्पूर्ण खर्च बेहोर्ने सर्त।

कञ्चनरूपको पिप्रा पूर्वगाउँकी १४ वर्षीया निरक्षर कञ्चनकुमारी साहको विवाह ४१ वर्षका हुलासप्रसादसँग बिहीबार भारदहको कंकालिनी मन्दिरमा भएको हो।

कमजोर आर्थिक अवस्थाका कारण दाइजो दिन नसकेपछि परिवारले २७ वर्ष जेठा हुलासप्रसादसँग कञ्चनको विवाह गरिदिएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

सप्तरी तरही २ का हुलासप्रसादको पहिलो विवाह जनकपुर भानुचोककी बिनादेवी साहसँग २०५० सालमा भएको थियो। बिनाबाट जन्मिएकी १९ वर्षकी छोरी रहेको हुलासले बताए।

‘जेठी श्रीमतीबाट छोरा नभएकाले गरिब परिवारकी कन्या कञ्चनका अभिभावक छोरीको विवाह मसँग गरिदिन तयार भएपछि सल्लाहमै दोस्रो विवाह गरेको हुँ’, उनले भने।

महेन्द्र र शिवकुमारीका चार छोरीमध्ये कञ्चन साइँली हुन्। महेन्द्रका साढुभाइ सिराहा पोखरभिन्डाका मदन साहले विवाहको सबै तारतम्य मिलाइदिएको कञ्चनले बताइन्।