२८ कार्तिक २०८३, शनिबार

मन्त्री अनितादेवीले लिइन् शपथ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । साह जनमत पार्टीबाट मन्त्री बनेकी हुन् ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमतकी साह मन्त्री बनेकी हुन् ।

चार महिना अघि जनमतबाट अब्दुल खान खानेपानी मन्त्री बनेका थिए । तर मन्त्रिमण्डल पुनर्गठनमा उद्योग मन्त्रालय नपाएपछि खानले राजीनामा दिएका थिए ।