२८ कार्तिक २०८३, शनिबार

मस्र्याङ्दी नदीले सतर्कता तह पार गर्‍यो, दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ २९ साउन । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित मस्र्याङ्दी नदीले जलसतहको सतर्कता तह पार गरेको छ । दुई दिनदेखि परेको अविरल वर्षाका कारण नदीले सतर्कता तह पार गरेको हो ।

सतर्कता तह पार गरेकाले मस्र्याङ्दी नदीमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौसम विज्ञान विभागले नदी तटीय क्षेत्रमा आज दिउँसोसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । विभागका अनुसार नदीको सतह १० दशमलव १७ मिटरभन्दा माथि आएको छ ।