३० आश्विन २०८३, शुक्रबार

हिमालयन लाइफ इन्स्योरेन्स र लर्डबुद्ध एजुकेशन फाउण्डेशनबीच सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । मुलुकभित्रै प्राविधिक व्यावसायिक शिक्षा र शीपयुक्त रोजगारी सृजना गर्न हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी र लर्डबुद्ध एजुकेशन फाउण्डेशनबीच सम्झौता भएको छ ।

शीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न तथा व्यावसायिक एवम् प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि फाउण्डेशन र इन्स्योरेन्स कम्पनीबीच सहकार्य गर्ने सहमति भएको हो ।

सहमतिपत्रमा फाउण्डेसनका अध्यक्ष पङ्कज जलान र हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले गत बुधबार हस्ताक्षर गरेका हुन् ।

फाउण्डेशनमा सूचना प्रविधि तथा व्यवस्थापनको विषयमा स्नातक तह र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा प्रशिक्षार्थीको रूपमा सहभागी हुन पाउने सहमति भएको छ । यसबाट विद्यार्थीहरूले पढाइका साथै रोजगारीको समेत अवसर पाउने फाउण्डेशनका अध्यक्ष जलानले जानकारी दिए ।

सहमति अनुसार फाउण्डेसनले एमबीए र एमएससी आईटीएम विषयमा इन्स्योरेन्स कम्पनीको सिफारिसमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने छ ।

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कर्णले सामाजिक उत्तरदायित्वअन्तर्गत नि:शुल्क शिक्षा र रोजगारी सृजना गर्न लागिएको बताए । सो कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने उनको भनाइ छ ।

सूचना प्रविधि र व्यावसायिक शिक्षाको विकास र प्रयोग बढेपनि सो अनुसारको दक्ष कामदार पाउन नसकिएकाले आफूहरूले पहल गरेको अध्यक्ष जालानको भनाइ छ ।

सरकारले पछिल्लो समय अङ्गीकार गरेको पढ्दै कमाउँदै नीतिको व्यावहारिक कार्यान्वयनका लागि फाउण्डेशनले पनि पहल गरिरहेको अध्यक्ष जालानले बताए ।