३० आश्विन २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘रामनगर समुदायिक हस्पिटल’ मा विशेष छुट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीस्थित ‘रामनगर समुदायिक हस्पिटल’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवाहरूमा विशेष २०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्य प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

त्यसैगरी, प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा तथा ‘मिस्डकल बैंकिङ्ग (बचत सेवाका लागि : ९८०१११००२२, कर्जा सेवाका लागि : ९८०१११००२३’ आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।