
मोरङ, २८ साउन । मोरङमा १४ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
किशोरीलाई बलात्कार गरेको अभियोगमा लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरा पक्राउ परेका छन् ।
महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाईफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडिटले प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले महरालाई हिजो शनिबार दिउँसो पक्राउ गरिएको हो ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।















प्रतिक्रिया