
काठमाडौं, २८ साउन । ‘ए झरी नझरिदेउ यसरी’ भन्ने नवीन के भट्टराईको लोकप्रिय गीतजस्तै भएको छ केही दिनयताको मौसम ।
काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा मौसमको बदलावका कारण कतै हावाहुरीसहित वर्षा र कतै निरन्तर झरी परिरहेको छ ।
यो झरी अझै भोलि सोमबारसम्म रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । केही दिनअगाडि मात्र उपत्यकामा निरन्तर पानी परेकाले बागमती, विष्णुमती, धोबीखोलाको बहाव उच्च थियो ।
कतिपय स्थानमा बाढी पनि पसेको थियो । हिजो शनिबारदेखि परिरहेको पानीले फेरि नदीको वहावस्तर बढाउने हो कि भन्ने चिन्ता पनि छ ।
साउने झरी नभनी कोही काम गर्न त कोही विद्यालय जान तथा कोही आफ्नो गन्तव्यतिर उन्मुख भएका गतिविधिहरू तस्वीरमा हेर्नुहोस्–


तस्वीर : मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी















प्रतिक्रिया