३० आश्विन २०८३, शुक्रबार

चलचित्र ‘घर ज्वाइँ’को सुटिङ माघ तेस्रो सातादेखि सुरू हुँदै

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । जीएम मुभिजको ब्यानरमा चलचित्र ‘घर ज्वाइँ’ बन्ने भएको छ ।

चलचित्रको सुटिङ भने माघ तेस्रो सातादेखि गर्नेगरी सबै तयाारी पूरा भएको निर्माता जनक घर्तीमगरले जानकारी दिए ।

निर्माता घर्तीमगरका अनुसार चलचित्रलाई अनिल बुढामगरले निर्देशन गर्नेछन् भने दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा काउचा आदि कलाकारको अभिनय रहने छ ।

चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्ने गर्ने सम्झौता भएको निर्माता घर्तीमगरले बताएका छन् ।