
हेटौंडा, २८ साउन । मकवानपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।
जिल्लाको बकैया गाउँपालिका-५ श्रीपुरका ५२ वर्षिय वीरबहादुर परियार ज्यान गएको हो । आफ्नै घरमा फ्यान जोड्ने क्रममा करेन्ट लागेर परियार घाइते भएका थिए ।
उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया