२८ कार्तिक २०८३, शनिबार

माण्डु हाईड्रोपावरमा पुरुषको शव फेला

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २९ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका-८ माण्डु स्थित माण्डु हाईड्रोपावरको ड्याममा फेरि एक पुरुषको शव फेला परेको छ ।

नाम थर वतन नखुलेको पुरुषको शव आज बिहान फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ ।

माण्डु हाईड्रोपावर इलाका प्रहरी कार्यालय भीमफेदीबाट अन्दाजी ३० किमि पूर्वमा पर्दछ ।

यसअघि गत २१ साउनमा पनि सोही माण्डु हाईड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव फेला परेको थियो । हालसम्म पनि ती किशोरीको नाम थर खुल्न सकेको छैन् ।