
मकवानपुर, २८ साउन । बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर र मकवानपुरगढी गाउँपालिकामा भारी वर्षा भइरहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा वर्षामापन केन्द्रमा यहाँ भारी वर्षा मापन भएको छ । महाशाखाले भारी वर्षा भइरहेकाले यस क्षेत्र भइ बहने कर्रा, सामारी खोला र अन्य स-साना खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागमा दिउँसोसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।











प्रतिक्रिया