२८ कार्तिक २०८३, शनिबार

एमालेको जनवर्गीय संगठनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छः भानुभक्त ढकाल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, २८ साउन । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालले जनवर्गीय संगठनले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।

शनिबार धनगढीमा अखिल नेपाल किसान महासंघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता ढकालले युवाहरुलाई लक्षित गरेर कार्यक्रम बनाएर कार्यान्वयनमा लैजान आवश्यक भएको बताएका हुन् ।

पार्टीले २०८४ सालमा हुने आम निर्वाचनमा एकल बहुमत ल्याउने उदेश्यसहित ‘मिसन ग्रासरूट’ लगाएतका अभियान सञ्चालन गरेको बताउँदै ढकालले जनवर्गीय संगठनले समेत पार्टीको नीतिलाई टेवा पुग्ने खालका कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । २०७९ को निर्वाचनमा एमालेले युवा पुस्ताको मत अपेक्षाकृत रुपमा पाउन नसकेको बताउँदै ढकालले अगामी निर्वाचनमा युवा पुस्ता नै निर्णायक हुने भन्दै त्यसलाई ख्याल गरेर नीति अघि सार्नुपर्ने बताए ।

‘अघिल्लो चुनावमा हामीले युवा पुस्ताको मत अपेक्षाकृत रुपले पाउन सकेनौँ । निकै कम पायौँ,’ ढकालले भने, ‘अब अहिले १४ वर्षमा हिडिँरहेका किशोरकिशोरी अगामी निर्वाचनसम्म मतदाता भइसक्छन् । त्यसकारण युवा पुस्तालाई लक्षित गरेर कार्यक्रम ल्याउनुपर्छ । जसले हामीलाई अगामी निर्वाचनमा बहुमत ल्याउन सहयोग पुग्नेछ ।’

उनले अब कुन संगठनले के–कति सदस्यता वृद्धि गरेको छ ? भन्ने हिसाबले जनसंगठनको मूल्यांकन गर्ने समेत बताए ।