२८ कार्तिक २०८३, शनिबार

सेनाको पहलमा राजमार्ग खुला

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैँसेस्थित भैँसे–पालुङ सडकखण्डमा अवरुद्ध राजमार्ग शनिबार साँझदेखि सञ्चालनमा आएको छ ।

त्यहाँ पहिरो खसी स्थानीय कृष्ण देउलाको घर र पसल पुरिनका साथै राजमार्गसमेत अवरुद्ध भएपछि सेनाको एक टुकडी परिचालन भई उद्धार र सडक खुलाउने कार्यमा खटेको थियो ।

कालीप्रसाद गणबाट एक अधिकृतसहित ३४ जनाको नफ्री र मध्य पृतनाबाट समेत फौज खटिएर अवरुद्ध राजमार्ग खुलाएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनएको छ ।