३० आश्विन २०८३, शुक्रबार

आफ्नै कोठामा १४ वर्षीया बालिका बलात्कृत

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दाङ, २७ साउन । दाङमा एक १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकालाई बलात्कार गरेको अभियोगमा घोराही उपमहानगरपालिका–३ गैराखुट्टी बस्ने २३ वर्षीय माधव गुरूङलाई हिजो शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गुरूङले ती बालिकालाई साउन ५ गते ललाई फकाई पीडितकै कोठामा बलात्कार गरेका थिए । पीडितले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।