
काठमाडौं, २७ साउन । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले पार्टी निकट खेलकुद संगठनलाई राखेपमा समावेश नगरेको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।
आज शनिबार काठमाडौंमा नेपाल खेलकुद महासंघ समाजवादीको केन्द्रीय भेला उद्घाटन गर्दै खनालले खेलकुद महासंघलाई राखेपमा अहिलेसम्म समावेश नगरिएको भन्दै सरकारबिरुद्ध संघर्ष गर्ने चेतावनी दिएका हुन् ।
उनले सरकारलाई समर्थन गरिरहको पार्टीको संगठनलाई राखेपमा समावेश नगरे सरकारमा बसिरहन कुनै आवश्यक नरहेको समेत बताएका छन् । खेलकुद क्षेत्रमा मानवजीवनलाई स्वस्थ बनाउनेमात्रै नभएर देशको नाम स्थापित गर्ने भएकाले यसलाई स्थापित गर्नुपर्ने उनको भनाइ छ ।
उनले देशका सबै तहमा महासंघलाई विस्तार गर्न निर्देशन दिए ।















प्रतिक्रिया