३० आश्विन २०८३, शुक्रबार

क्यान केन्द्रीय सचिवमाथि कालो पदार्थ छ्यापियो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २७ साउन । नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रीय सचिव दुर्गाराज पाठकमाथि कालो तरल पदर्थ छ्यापिएको छ ।

आज शनिबार हेटौंडामा क्यान मकवानपुरको आठौं साधारणसभा सकेर खाना खाने क्रममा पाठकमाथि कालो पदार्थ छ्यापिएको हो ।

स्कुटरमा आएका तीनजना युवाले कालो पदार्थ छ्यापेर भागेको बताइएको छ ।

प्रहरीले ती युवाहरुलाई खोजी गरिरहेको जनाएको छ ।