
काठमाडौं, २६ साउन । ‘द भ्वाइस अफ नेपाल सिजन–३’ का विजेता गायक किरण गजमेर र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको ‘मेरो कथाको’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ ।
गीतमा शब्द अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आएका गीतकार गोपाल लोहारको छ । गीतमा संगीत र संगीत संयोजन वरिष्ठ संगीतकार रञ्जित गजमेरले गरेका छन् ।
म्युजिक भिडिओमा आकाश श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । सुदिप बरालले छायाँकन गरेको भिडिओलाई बन्दे प्रसादले सम्पादन गरेका हुन् ।
भिमा लोहार निर्मात्री रहेको यस गीतको भिडिओलाई कविराज गहतराजको कोरियोग्राफी र निर्देशनमा तयार पारिएको हो । ‘गोलो प्रडक्शन’को आधिकारिक च्यानलमार्फत भिडिओ सार्वजनिक भएको हो ।
निर्माण टीमले नयाँ म्युजिक भिडिओलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन् ।















प्रतिक्रिया