
काठमाडौं, २६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सम्बन्धी ऐनलाई सच्चाएर मात्रै अघि बढाइने बताएका छन् ।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयको कार्यभार सम्हालेको एक सय दिन पूरा गरेको अवसरमा शुक्रबार काठमाडौंमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदमा आएको शिक्षासम्बन्धी ऐनमा केही डुप्लीकेशन देखिएको भन्दै त्यसलाई सच्चाएर मात्रै अघि बढाइने बताएका हुन् ।
उनले विधेयकमा रहेको केही कमजोरी सच्याउने प्रक्रिया सुरू समेत भइसकेको जानकारी दिएका छन् । त्यस्तै, उनले नर्सिङ सेवामा देखिएका चुनौतीलाई पूर्णरुपमा समाधान गर्न सरकार प्रयत्नशील रहेको पनि बताएका छन् ।

उनले स्वास्थ्य शिक्षा, रोजगारी र खाद्य सम्प्रभूताजस्ता विषयलाई संविधानको मौलिक अधिकारका रुपमा लेखिएको भए पनि जीवन व्यवहारमा सुविधा पाए कि पाएनन् भन्ने विषय महत्वपूर्ण रहेको बताएका छन् । संविधानमा लेखिएका मौलिक अधिकारलाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न र आम नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ छ ।















प्रतिक्रिया