
काठमाडौं, २६ साउन । एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको भन्दै व्यापारी राकेश अकुडियालाई पक्राउ गर्न खोजिरहेको प्रहरीले उनका छोरा रोहन अडुकियालाई पक्राउ गरेको छ ।
नयाँ दिल्ली हुँदै इन्डिगो बिमानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा यसअघि राजश्व अनुसन्धान विभागले व्यापारी अडुकियाको घरमा छापा मारेर राकेशलाई पक्राउ गर्ने प्रयास गरेको थियो ।
तर, उनी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । अहिले पक्राउ परेका रोहनलाई अध्यागमन विभागले राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।















प्रतिक्रिया