३० आश्विन २०८३, शुक्रबार

डेंगु संक्रमणबाट हेटौंडाका एकजनाको चितवनमा मृत्यु

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, २५ साउन । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ का ४१ वर्षीय पुरुष छन् ।

केही दिनअघि डेंगु संक्रमण पुष्टि भएर चितवन मेडिकल कलेजमा उपचाररत पुरुषको आज दिउँसो मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत एवम् सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा गत साउन १ गतेदेखि हालसम्म ९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।