
काठमाडों, २५ साउन । नेपाली कांग्रेसले पार्टीका सांसद सुनील शर्मा पक्राउबारे सम्बन्धीत निकायबाट जानकारी लिएर मात्रै धारणा सार्वजनिक गर्ने जनाएको छ ।
पार्टी सभापति शेर बहादुर देउवा निवास धुम्बाराहीमा आज बिहीबार बसेको संसदीय दल कार्यसमिति बैठकपछि मुख्य सचेतक रमेश लेखकले सांसद सुनील शर्मा पक्राउबारे बैठकमा छलफल भएको र आधिकारिक जानकारी लिएपछि मात्रै धारणा सार्वजनिक गर्ने बताएका हुन् ।
यस विषयमा सभामुख र सीआईबीसँग पनि जानकारी लिइने उको भनाइ छ ।
त्यस्तै, बैठकमा शुक्रबार बस्ने संसदीय दल बैठकको एजेण्डमाथि छलफल भएको जानकारी पनि उनले दिएका छन् । दलको बैठकमा सदनको अवरोध, बजेटका विषय, विधेयकलगायतका विषयमा छलफल हुने लेखकको भनाइ छ ।
लेखकले सदनको अवरोध अन्त्य गर्न कांग्रेसले निरन्तर प्रयास गरेको र सबै दलसँग छलफलमा नै रहेको जानकारी दिएका छन् ।















प्रतिक्रिया