
काठमाडौं, २५ साउन । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेकपा एमाले आदिवासी जनजातिका सबै खालका समस्या समाधानका लागि प्रतिबद्ध भएर लागेको पार्टी भएको बताएका छन् ।
विश्व आदिवासी दिवसको अवसरमा आज नेकपा एमालेले आयोजना गरेको कार्यक्रममा उनले नेकपा एमाले देशको सबैभन्दा प्रगतिशील पार्टी भएको चर्चा गर्दै अन्य पार्टीको जस्तो विषय उठाएर छाड्ने पार्टी एमाले नभएको बताएका हुन् ।
पार्टीको जनसंगठन संयन्त्रको संयोजक समेत रहेका ढकालले एमाले जे भन्छ त्यही गर्ने पार्टी भएको बताएका छन् ।
लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघका इन्चार्ज गोकुल घर्तीले १४ बुँदे काठमाडौं घोषणापत्र सार्वजनिक गरेका छन् ।















प्रतिक्रिया