
काठमाडौं, २५ साउन । नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
आज बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारणमा सेयर जारी गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले गत आर्थिक वर्षमा प्राधिकरणको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ रहेको बताए ।
सुख्खा यामको समय बढेर विद्युत् उत्पादनमा कमी आउदा र आन्तरिक माग धान्न विद्युत् आयात गर्दा नाफा केहि प्रभावित हुन गएको उनले बताएका छन् । मुलुकभित्रै विद्युत् बिक्रीबाट कुल १ खर्ब आम्दानी भएको उनको भनाइ छ ।
उनले विद्युत् प्रणालीका सुधारलगायत कामहरूलाई निरन्तरता दिएको, बजेट र खर्च नियन्त्रणका लागि एकीकृत तथा अनलाइन भुक्तानीलाई प्रभावकारी बनाएको जानकारी दिए ।

विगत दुई वर्षमा आफ्नै श्रोतबाट करिब ४८ अर्ब रुपैयाँ बराबरको रकम प्रसारण एवम् वितरण प्रणाली विस्तार र सुधारमा लगानी गरिएको घिसिङले उल्लेख गरेका छन् ।
त्यस्तै, उनले सरकारको कोषमा सावाँ, ब्याज र रोयल्टी गरी करिब ३० अर्ब जम्मा गरेको जानकारी पनि दिएका छन् । उनले विद्युत् खपत बढाउन ५१ वटा चार्जिङ स्टेशन सञ्चालन भएको र १३ वटा चार्जिङ स्टेशनको निर्माण कार्यलाई अघि बढाइएको बताए ।
उनले अहिलेसम्म प्राप्त उपलव्धीलाई संस्थागत गर्नु पहिलो चूनौति रहेको र विद्युत् आपूर्तिको नियमिततालगायत चूनौतीहरूको सामना गर्दै मुलुकभरका नागरिकलाई नियमित र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रयासरत रहेको पनि बताएका छन् ।
हेुर्नहोस् विज्ञप्ति–

















प्रतिक्रिया