३० आश्विन २०८३, शुक्रबार

पसलमा आएका पुरुषलाई सजिलै विश्वास गर्दा महिलालाई आपत !

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ साउन । आफ्नो पसलमा सामान किन्न आएका ग्राहकरुपी पुरुषको बिलौनालाई सजिलै विश्वास गर्दा एक महिलालाई आपत परेको छ ।

चिनजानसँगै पुरुषले यौन दुर्व्यवहार र मानसिक यातना समेत दिन थालेपछि ती महिला प्रहरीको शरणमा पुगेकी छिन् । उनले प्रहरीमा दिएको उजुरीका आधारमा प्रहरीले यातना दिने पुरुषलाई मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको महाबु गाउँपालिका वडा नं. २ स्थायी ठेगाना भएका ३९ वर्षीय तुलाराम सारू छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको सहयोगमा पक्राउ गरी नेपाल प्रहरीको साइवर व्यरोले अनुसन्धान गरिरहेको छ ।

काठमाडौं जिल्ला अदालतको आदेशले पाँच दिन म्उाद थप गरी आवश्यक अनुसन्धान भइरहेको व्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

उनका अनुसार पीडित महिलाले प्रहरी कार्यालयमा टिपाएको घटना विवरण यस प्रकारको छ–

मेरो पसलमा सामान खरिद गर्न आउने व्यक्तिसँग परिचय भए पछि निजले मसँग सिम कार्ड छैन ! निकाल्नको लागि नागरिकता पनि छैन ! फोन चलाउन तिम्रो सिम कार्ड दिनु पयो ! भनि मलाई मागेकोले मैले निजलाई विश्वास गरी मैले आफैले प्रयोग गर्दै आईरहेको मेरो नाममा झिकेको मोवाइलको सिम कार्ड प्रयोग गर्न दिएको थिएँ ।

निज पीडकले फेसबुकबाट समेत साथी बनी, तिमीलाई विवाह गर्छु भनि प्रलोभन देखाई मायाजालमा फसाई, विभिन्न दबाब र धम्की दिई म्यासेन्जरको भिडियो कलमा अश्लील हर्कत गर्न बाध्य पारी सो क्रियाकलापको मेरो जानकारी बिना स्क्रिन रेकर्ड गरी पटक–पटक अश्लील कल गर्! भनि जहिले पनि जुन सुकै समयमा दबाब र धम्की दिई दु:ख हैरानी दिन थाले पछि, मैले निजको सो प्रोफाइ ब्लक गरी बसेकी थिएँ ।

प्रोफाइ ब्लकपश्चात् नक्कली फेसबुक प्रोफाइलबाट मेरो अश्लील तस्वीरहरू मेरो आफन्त तथा साथी भाइहरूले प्रयोग गर्ने फेसबुकको म्यासेन्जरमा पठाई चरित्रहत्या गर्न थाले ।

उल्लेखित घट्ना विवरणपश्चात मात्रै महिलाले कानुनी सहायता माग गरेको प्रहले उल्लेख गरेको छ ।

यस्तो घटनाबाट जोगिन प्रहरीले आफ्नो नाममा जारी सिमकार्ड, नागरिकता, पासपोर्ट र बैंकिङ सामग्री लगायतका व्यक्तिगत सामग्री तथा विवरणहरू अरूलाई अनावश्यक उपलब्ध नगराउन एवम् विद्युतीय माध्यमको सुरक्षित प्रयोग गर्न अनुरोध गरेको छ ।