
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले समय परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई गार्हो पर्न सक्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस काठमाडौं प्रदेश १ (ख) र वडा नम्बर ३१ को संयुक्त सम्मेलनमा नेता सिंहले कांग्रेस पुरानो पार्टी भएकाले इतिहासको मात्रै कुरा गरेर नपुग्ने भन्दै समय परिस्थिति अनुसार चल्न नसके आगामी दिनमा कांग्रेसलाई गाह्रो पर्ने बताएका हुन् ।
उनले जनताको गुमेको अधिकार फिर्ता ल्याएर कांग्रेसले परिवर्तनको नेतृत्व गरेकाले पार्टी गरेका कामलाई जनताले अनुभूति हुने गरी प्रचार प्रसार गर्नुपर्ने धारणा राखे ।
नेता सिंहले कांग्रेसका गतिविधि निकै खर्चिलो हुन थालेको भन्दै यसमा पनि सुधार गर्नुपर्ने बताए । पार्टीभित्र एक अर्कालाई दोष लगाएर कोही पनि बलियो हुन नसक्ने भन्दै उनले पार्टीभित्रको विमतिलाई औपचारिक तथा अनौपचारिक बैठकमा छलफल गर्नुपर्ने जिकिर गरे ।
नेता सिंहले पार्टी नेता तथा कार्यकर्ताहरू विधिपद्धती अनुसार हिँड्नुपर्ने र जिम्मेवारबोधका साथ अघि बढ्नुपर्ने बताए ।















प्रतिक्रिया