
काठमाडौं, २४ साउन । बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ‘वान टू वान’ वार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवासमा सभामुखसहित तीन दलका शीर्ष नेताको छलफलपछि प्रचण्ड र ओलीले ‘वान टू वान’ छलफल गरेका हुन् ।
सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै एमालेले संसद अवरोध जारी राखेपछि तीन दलबीच निरन्तर छलफल भइरहेको छ ।
शीर्ष तीन नेता साथै प्रचण्ड र ओलीबीचको आजको छलफलमा के भयो भन्नेबारेमा जानकारी दिइएको छैन ।
एमालेले आजको पनि प्रतिनिधिसभा बैठक अवरूद्व गर्ने तयारी गरिरहेका बेला शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।















प्रतिक्रिया