१ कार्तिक २०८३, आइतबार

युक्रेनद्वारा घरेलु टोही ड्रोन परीक्षण

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कीभ, २४ साउन । युक्रेनले लडाइँ क्षेत्रमा आफ्नो घरेलु निर्मित नयाँ टोही ड्रोनको परीक्षण सुरु गरेको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले मंगलबार टेलिग्राममा सो बारे जनाकारी सार्वजनिक गरेको छ ।

स्पाइगन नामक यो ड्रोनको उडान सहनशीलता १२०–१६० मिनेट र अधिकतम गति ९० किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ ।

पचास किलोमिटरको उडान दायरा र एक हजार ५०० मिटरको उचाइ सीमा भएको ड्रोनमा फोटो र भिडियोका लागि दुईवटा क्यामेरा र टेक–अफ पोइन्टमा स्वतः फर्कने प्रणाली जडान गरिएको छ ।