३० आश्विन २०८३, शुक्रबार

राष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णयको प्रमाणित प्रति झिकाउन सर्वोच्चको आदेश

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । सर्वोच्च अदालतलले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्च व्यहोर्ने भनी सरकाले गरेको निर्णयको प्रमाणित प्रति झिकाउने आदेश गरेको छ ।

सर्वोच्चले साउन १४ गतेको पेसीमा भएको आदेश १० दिनपछि निवेदकलाई आज मंगलबार उपलब्ध गराएको हो ।

अधिवक्ता विष्णुकुमार गिरीले राष्ट्रपति पौडेलको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय बदरको माग गर्दै दर्ता गराएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले यस्तो आदेश गरेका हुन् ।

सर्वाेच्च अदालतको आदेशमा भनिएको छ, ‘उपचार खर्च सम्बन्धमा राष्ट्रपति कार्यालयबाट जारी प्रेस नोट, सोही सम्बन्धमा परराष्ट मन्त्रालयको मिति २०८०/०३/१८ को पत्र, सोही मितिको सचिव स्तरीय निर्णय तथा अर्थ मन्त्रालयको च.न. ८३७ मिति २०८०/०३/११ को पत्रबाट स्वास्थ्य उपचारलागतको खर्चका लागि प्रदान गरिएको सहमतिसम्बन्धी निर्णय समेतको प्रमाणित प्रतिलिपि झिकाइ उक्त कागजातहरु प्राप्त भएपछि मिसिल संंलग्न राखी नियमानुसार गर्नू ।’