
काठमाडौं, २३ साउन । अविरल वर्षाको कारण भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ र काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ७ जोड्ने मनोहराखोला पुलको बीच भागमा अड्किएका एक व्यक्तिको आज सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।
खोटाङको बतासे गाउँपालिका १ बस्ने ५१ वर्षीय किरण राई सो खोलामा आएको बाढीको कारण पुलको बीच भागमा रहेको पिल्लर माथिको स्ल्यावमा अड्किएका थिए ।
नं. २२ गुहेश्वरी गण भक्तपुरबाट विपद् उद्वार सामाग्रीसहित खटिएको टोलीले उनको सकुशल उद्वार गरेको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।















प्रतिक्रिया