
काठमाडौं, २३ साउन । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पटक–पटक प्रतिपक्षीले सदन अवरुद्ध गर्नु राम्रो विषय नभएको बताएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले भ्रष्टाचारविरुद्ध सरकारले एकपछि अर्को प्रभावकारी अनुसन्धान गरेको विषयलाई विषयान्तर गर्न नहुने पनि बताएका छन् ।
उनले यसअघिको सरकारको अनुसन्धान पनि देखेको भन्दै अहिलेको सरकारलाई निष्पक्ष रुपमा छानविन गर्न दिनुपर्ने उल्लेख गरे ।
उनले अहिले सुन प्रकरणमा सरकारले दृढतापूर्वक अगाडि बढाएको भन्दै निष्कर्ष नआएसम्म अर्को निकायले गरेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने जिकिर गरे ।















प्रतिक्रिया