३० आश्विन २०८३, शुक्रबार

‘चामलको कृत्रिम अभावबाट भएको मूल्यवृद्धि नियन्त्रण गरियोस्’

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । चामलको कृत्रिम अभावको अनावश्यक हल्ला सृजना गरी भएको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्दै राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ काठमाडौंले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार महासंघका सदस्यहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारलाई भेट्दै चामलको कृत्रिम अभावको हल्ला सृजना गरि भएको मुल्यवृद्धि नियन्त्रण गर्न र आपूर्तिलाई सहज बनाउनुपर्नेमा भन्दै ज्ञापनपत्र बुझाएको हो ।

त्यस्तै, महासंघले किसानहरुले उत्पादन गरेको कृषिजन्य वस्तुमा बिचौलियाको कारण उपभोक्ता र उत्पादन गर्ने किसान मारमा परेकाले बिचौलियाको पहिचान गरि नियन्त्रण गरी किसानलाइ उत्पादनकोसहित मूल्य उपलब्ध हुने वातावरण सिर्जना गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै, देशभर फैलिएको लम्की स्किन रोग नियन्त्रणका लागि पहल गरी आवश्यक क्षतिपूर्ति दिनुपर्ने माग राखेको अखिल नेपाल किसान महासंघ काठमाडौंका अध्यक्ष केबी घलेले जानकारी दिए ।

यसैगरी, महासंघले किसानहरुलाई खेती गर्दा आवश्यक पर्ने मल, बिउबिजन र प्राविधिक सहयोग उपलब्ध गराई माटोमा हुने खेती प्रणालीको पहिचान गरी उचित व्यवस्था गर्नुपर्ने माग राखेको राष्ट्रिय जनमोर्चाका बागमती प्रदेश सदस्य रोशन दानीले बताए ।