३० आश्विन २०८३, शुक्रबार

गोलभेँडाको मूल्य किन आकासियो ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा, २३ साउन । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ ।

देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो रु एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ ।

नेपालको खुद्रा बजारमा रु एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो २४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए ।