
काठमाडौं, २३ साउन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानबाट सर्तकता अपनाउन अनुरोध गरेका छन् ।
देशभर अविरल वर्षा भइरहेको भन्दै अध्यक्ष ओलीले सो अनुरोध गरेका हुन् । ‘आज देशका धेरैजसो ठाउँमा अविरल वर्षा भइरहेको खबर छ। सोसियल मिडिया हेर्यो की बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्वीर/भिडिओहरु धेरै आइरहेका छन् । वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं !!! सबैको दिन शुभ रहोस् ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्दै भनेका छन् ।















प्रतिक्रिया