३० आश्विन २०८३, शुक्रबार

मिटरब्याजीद्वारा देउरालीका अध्यक्ष चौलागाईंलाई ज्यान मार्ने धम्की

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले आफुलाई एउटा मिटरब्याजी समूहले ज्यान मार्ने धम्की दिएको बताएका छन् ।

न्युरोडका देविवास सहकारीका सञ्चालक वासु श्रेष्ठ, देवेन्द्र आचार्य, विक्रम वानियाँ र शैलेन्द्र शर्माको समूहले शनिबार साँझ ९८५११८२९३० बाट ९८४१२९७७५ मा देविवास सहकारीका सञ्चालक वाशु श्रेष्ठले घमण्ड देखाउँदै सीआईबी र हनुमान ढोका प्रहरीमार्फत आफूलाई उठाउने र गोली हानी हत्या गर्ने भनी धम्की दिएको चौलागाईंले जानकारी दिएका छन् ।

नीज बासु श्रेष्ठ लगायतका समूहलाई देउराली अध्यक्ष चौलागाईंले गत असार १२ गते ५ रोपनी जग्गा खाइदिएको र नगद ३० करोड रकम मिटरब्याजमार्फत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता गराएका थिए । सो मुद्दा कारबाहीका लागि अघि बढेपछि आफूलाई मार्ने धम्कीका साथै मार्नलाई विभिन्न समूहलाई सुपारी समेत दिएको चौलागाईंको दाबी छ ।

‘मैले ललितपुर प्रहरी प्रशासनलाई खबर गरी धम्कीपूर्ण अभिव्यक्तिको अडियो बुझाएको छु । यदि आफू तलमाथि भए नीज मिटरब्याजी समूह नै दोषी हुने छन्,’ उनले भने ।