३० आश्विन २०८३, शुक्रबार

संसद खुलाउन दलहरूबीच पुन: छलफल सुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत दलहरूले गर्दै आएको प्रतिनिधि सभाको अवरोध हटाउन प्रमुख राजनीतिक दलहरूबीचको छलफल पुन: नयाँ बानेश्वरमा सुरू भएको छ ।

सभामुख देवराज घिमिरेको पहलमा उनकै कार्यकक्षमा सुरू भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउबा, केपी शर्मा ओलीलगायत तीन दलका संसदीय दलका प्रमुखहरू सहभागी छन् ।

सोही विषयमा छलफल गर्न आज बिहान पनि बैठक बसेको थियो । सदन खुलाउन नेताहरू सकारात्मक बने पनि ठोस सहमति नजुटेपछि अहिले पुन: छलफल सुरू गरेका हुन् ।

यही साउन १० गतेको प्रतिनिधिसभाको बैठकमा एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा भित्रिएर पक्राउ परेको सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै आएपछि सदनमा गतिरोध उत्पन्न भएको छ ।