३० आश्विन २०८३, शुक्रबार

एकीकृत समाजवादीकी जिल्ला सदस्य हमाल एमालेमा प्रवेश

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । नेकपा एकीकृत समाजवादीकी जाजरकोट जिल्ला सदस्य शारदा हमाल नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

उनलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गरे ।

समाजवादी महिला संगठनकी प्रदेश कमिटी सदस्यसमेत रहेकी हमाल भेरी नगरपालिका–१ की बासिन्दा हुन् ।

पार्टी प्रवेशका अवसरमा केन्द्रीय सदस्यहरू निरज आचार्य, भैरवसुन्दर श्रेष्ठ, डम्मरबहादुर सिंह, कर्णाली प्रदेश संगठन कमिटीका उपाध्यक्ष लालबहादुर महतारा, सांसद रीता रावल, नेकपा एमाले जाजरकोट जिल्ला कमिटीका अध्यक्ष खिमबहादुर शाही लगायतको उपस्थिति थियो ।