
काठमाडौं, २२ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजले आज विदाई भेट गरेका छन् ।
अध्यक्ष ओली निवास, बालकोटमा भएको भेटमा उनीहरूबीच युरोपेली युनियन र नेपालबीच द्वौत्य सम्बन्धको पचास वर्ष पुगेको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको थियो ।
भेटमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्य पनि सहभागी थिए ।















प्रतिक्रिया