
काठमाडौं, २२ साउन । संसदीय समितिमा दलहरूबीच भागबण्डा मिलेको छ ।
प्रधानमन्त्रीसमेत रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार बिहान बसेको माओवादी संसदीय दलको बैठकमा समिति सभापतिमा दलहरूबीच भागबण्डा मिलेको जानकारी गराएका हुन् ।
जसअनुसार कांग्रेसलाई ४, एमालेलाई ३, माओवादी केन्द्रलाई २, नेकपा एकीकृत समाजवादीलाई १, जनता समाजवादी पार्टीलाई १ र जनमत पार्टीलाई १ समिति परेको छ ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने कुनै पनि समिति पाएनन् ।















प्रतिक्रिया