३० आश्विन २०८३, शुक्रबार

एनआईसी एशिया बैंकका सम्पूर्ण सूचकहरू उत्साहजनक, ४ अर्ब ६५ करोड कमायो नाफा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकिङ्ग क्षेत्रको विभिन्न वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक देखिएका छन् ।

विवरण अनुसार बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको खुद नाफा १० दशमलव ३५ प्रतिशत कम भएको हो ।

अघिल्लो वर्ष यस अवधिसम्म बैंकले ४ अर्ब २१ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको हो । अघिल्लो वर्ष ८६ करोड ५२ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ३९ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको हो ।

इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन नाफा गत वर्ष १४ दशमलव ४५ प्रतिशत बढेको छ । अघिल्लो वर्ष ५ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष भने ३९ करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको हो ।

गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी रहेको थियो ।

अघिल्लो दुई आर्थिक वर्ष लाभांश वितरणमा रोक लागेको यस बैंकको चुक्तापूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार छ । रिटेन्ड अर्निग ३ अर्ब ६९ करोड रूपैयाँभन्दा बढी रहेको बैंकको जगेडा कोष रकम १४ अर्ब ३८ करोड रूपैयाँभन्दा बढी कायम छ ।

गत वर्ष बैंकले ३ खर्ब ११ अर्ब ३६ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको बैंकले २ खर्ब ६२ अर्ब ९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।

निष्क्रिय कर्जा अघिल्लो वर्ष शून्य दशमलव ५३ प्रतिशत रहेकोमा गत वर्ष शून्य दशमलव ८० प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी ४० रूपैयाँ २२ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २५६ रूपैयाँ ४१ पैसा छ ।