१ कार्तिक २०८३, शनिबार

त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा फस्यो : कमल थापा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबर्जस्त ढङ्गले त्रुटिपूर्ण नयाँ भाष्य निर्माण गर्न खोज्दा मुलुक नयाँ–नयाँ समस्याको दलदलमा भासिएको बताएका छन् ।

आज आइतबार काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले देशले भोग्नु परेको सम्पूर्ण समस्याको मुल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्धबिश्वास, रुढीबादी र बिभेदमा आधारित भएको र धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत भएको जिकिर गरे ।

मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपालसँग वैकल्पिक मार्गचित्र रहेको भन्दै थापाले सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनबादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरि प्रदेश तहको संरचना तत्काल खारेजी गर्नुपर्ने आवश्यकता औल्याउँदै थापाले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न चिह्न उठिरहेको अवस्थामा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्न छरिएर रहेका सबै शक्ति एकै ठाउँमा आउनुपर्ने र त्यो वातावरण निर्माण गर्न आफू कृयाशील भइरहेको समेत बताए ।