
काठमाडौं, २१ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाको टोलीले भेट गरेको छ ।
पोखरेलसँगको भेटमा रेलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको बताइएको छ ।
आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको भेटमा महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ–काठमाडौं–लुम्बिनी रेल मार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास र त्यस क्षेत्रको जनजीवनमा ल्याउने परिवर्तन लगायत विभिन्न पक्षहरूका बारेमा जिज्ञासा राखेको थियो ।















प्रतिक्रिया