
काठमाडौं, २१ साउन । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीका पिएसओको पेस्तोल चोर्ने दुईजना पक्राउ परेका छन् ।
पिएसओ सई प्रभाकर खड्काको पेस्तोल चोरी गरेको आरोपमा सिन्धुपाल्चोकका २१ वर्षीय बासुदेव थामी र सिन्धुलीका २७ वर्षीय मेगबहादुर तामाङलाई गत शुक्रबार पक्राउ गरेको हो।
उनीहरूले पिएसओ खड्काको कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीस्थित घरबाट गत असार ३० गते पेस्तोल चोरी गरेका थिए ।
घरमा कोही नभएको बेला झ्यालबाट झोला तानेर झोलामा भएको पेस्तोल चोरेका थिए ।















प्रतिक्रिया