३० आश्विन २०८३, शुक्रबार

विभिन्न पार्टी परित्याग गरी ३४ जना एमालेमा प्रवेश

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, २० साउन । बर्दियामा विभिन्न पार्टी परित्याग गरी ३४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले गुलरिया नगरकमिटीले आयोजना गरेको पार्टी प्रशिक्षण एवम् विस्तारित बैठकमा राजेन्द्र गोडियाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी उनीहरू पार्टी प्रवेश गरेका हुन् ।

अन्य पार्टी भन्दा नेकपा एमाले पार्टी राम्रो र जनताको पक्षमा काम गर्ने हुनाले प्रवेश गरेको राजेन्द्र गोडियाले बताए । आगामी दिनमा पार्टी र जनताको हितमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

मिसन २०८४ अन्तर्गत बर्दियाको सबै पालिकामा पार्टी प्रशिक्षण एवं विस्तारीत बैठकको आयोजना भइरहेको छ । सोही क्रममा गुलरिया नगरपालिकामा पार्टी प्रशिक्षण एवम् विस्तारीत बैठकको आयोजना गरिएको हो ।