३० आश्विन २०८३, शुक्रबार

सिइओ गुरुङको प्रवेशसँगै कृषि विकास बैंकको नाफामा उल्लेख्य वृद्धि

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । कृषि विकास बैंकको मुनाफा ३९ प्रतिशतले बढेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० मा तीन अर्ब ९ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको मुनाफा २ अर्ब २२ करोड मात्रै थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकमा काम गरिसकेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द गुरुङले आफ्नो कार्यकालको पाँच महिनामै बैंकको मुनाफामा उल्लेख सुधार ल्याएका हुन् ।

मुनाफामा सुधार सँगै बैंकको प्रतिशेयर आम्दानी पनि १४ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ । तर, बैंकको वितरणयोग्य मुनाफा भने यो वर्ष केही घटेको छ ।

बैंकको निक्षेप संकलन १९.७५ प्रतिशतले बढेको छ भने कर्जा विस्तार सामान्य गिरावट देखिन्छ । यसले बैंकको खुद व्याज आम्दानी पनि ३.२९ प्रतिशतले घटेको छ ।

अर्थतन्त्र सामान्य हुने वित्तिकै बैंकले आफ्नो कर्जा विस्तार गर्ने बनाएर राखेको छ । समीक्षा अवधिमा बैंकले ८ अर्ब ८ करोड रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

असार मसान्तसम्ममा बैंकले एक खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । गत वर्षको यही अवधिमा बैंकले एक खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७३ अर्ब रुपैयाँ कर्जा विस्तार गरेको छ । बैंकले यस वर्ष निक्षेप मात्रै १९.७५ प्रतिशतले बढाएको छ ।

पूँजीकोष अनुपात १५.०५ प्रतिशत छ भने खराब कर्जा सामान्य बढेको छ । खराव कर्जा २.४८ प्रतिशत छ । स्प्रेडदर पनि घटाएको देखिन्छ । स्प्रेडदर ३.९४ प्रतिशत छ ।